oncontextmenu="return false;"

Image Test

प्रधानमन्त्री ओलीले सोमबार ट्विट गर्दै भनेका छन्, “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ। उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ।”

प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गरेका छन्। अध्यक्ष भट्टराईको आइतबार राति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो ।

दुवै कलाकारको आजै पशुपति आर्यघाटमा अन्तिम स‌ंस्कार गरिदैछ ।निर्माण आयोजना व्यवस्थापन नितान्त प्राविधिक र करारको विषय भएकाले यस्ता निरीक्षण र निर्देशनले कुनै असर गरेको देखिँदैन ।

सार्वजनिक निर्माणकार्य खरिद प्रक्रियाको माध्यमबाट सुरु हुन्छ, जस अन्तर्गत निर्माण आयोजनाको डिजाइन तथा सुपरभिजनका लागि परामर्शदाता र निर्माण कम्पनी छानिन्छ । निर्माण आयोजना व्यवस्थापनको हिसाबले यो महत्त्वपूर्ण काम हो । परामर्शदाता वा निर्माण कम्पनी छनोट भनेको सार्वजनिक खरिद गर्नु हो ।


यो प्रक्रिया सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद ऐन २०६४ मा रहेको व्यवस्था अनुसार गर्नुपर्छ । सार्वजनिक निकायले खरिद योजना तयार गर्ने सच्चा र सार्थक प्रयास र खरिद योजना तयार गर्न खर्चिने समयले निर्माण कार्यको प्रभावकारी कार्यान्वयन र व्यवस्थापनमा ठूलो भूमिका खेल्छ । निर्माणस्थल, निर्माणको प्रकृति र निर्माणको आवश्यकतामाथि गहन सोचेर बोलपत्र सम्बन्धी कागजात तयार गर्नु अति जरुरी हुन्छ ।

निर्माणस्थलको अवस्थिति, निर्माण सामग्री (स्थानीय र बाह्य) र दक्ष तथा अदक्ष कामदारको उपलब्धता, निर्माण कार्यको प्रकृति अनुरुपको कार्यशृङखला र त्यहाँको सामाजिक–राजनीतिक वातावरणजस्ता विषयमा राम्ररी गृहकार्य नगरी, ‘स्टान्डर्ड स्पेसिफेकसन’ सार्ने र जिल्ला दरका आधारमा लागत अनुमान गर्ने प्रक्रियाले खरिद कार्यलाई बढी यान्त्रिक बनाएको छ ।

इन्जिनियरिङ ज्ञानमा आधारित भएर निर्माण आयोजनाको प्रकृति र निर्माणस्थलको अवस्थितिमाथि समेत विचार गरी तयार पार्नुपर्ने बोलपत्र सम्बन्धी कागजात पनि यान्त्रिक रूपमै तयार हुने स्थिति छ । स्टान्डर्ड स्पेसिफिकेसनलाई सम्बन्धित निर्माणका लागि आवश्यक हुने कार्यपद्धति, त्यस अनुसार सीप र निर्माण सामग्रीको गुणस्तरबारे आयोजनाको विशेष प्रकृति अनुसार विशिष्टीकृत रूपमा लेख्नुपर्ने र लेख्न सक्ने वातावरण तथा क्षमता खस्कँदै गएको छ ।
Ads go here

Comments

Archive

Contact Form

Send